स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ । आगामी आव २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ । उक्त कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ । पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापा बताए । “राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ”, उनले भने, “त्यस क्षेत्रमा थप पढ्नुहोस् ...


