प्रतिनिधिसभा निर्वाचन : वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट सिफारिस
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो । यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन्। यसैगरी क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ । प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । थप पढ्नुहोस् ...




