म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो १२ जनाको मृत्यु
काठमाडौँ । म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ । हिजो राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको छ । आज बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २२ः३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय एक स्थानीयवासीले बताएका छन् । काचिन राज्यमा, विशेष गरी हपाकान्त खानी क्षेत्रमा प्रायः घातक पहिरोह गइरेहको पाइन्छ । धेरै स्थानीयहरूले यस क्षेत्रमा जेड स्याभेजिङ गरेर आफ्नो जीवन निर्वाह गर्छन् थप पढ्नुहोस् ...

