राजस्व अनुसन्धान विभागले

राजस्व चुहावटको अभियोगमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थिए । बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए । अनुसन्धानका क्रममा ती सुनको गहना राजस्व छलीको भएको पुष्टि भएको छ । विभागले उनीहरुविरुद्ध रु १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ आश्विन २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार