डेंगु नियन्त्रण गर्न राजपुरमा ‘लार्भा नष्ट’ सचेतना
देउखुरी । राजपुर गाउँपालिका क्षेत्रमा डेंगुको संक्रमण फैलिन नदिन सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको अभियान सुरु गरेको छ । डेंगु रोग फैलिन नदिन र यसरोगलाई नियन्त्रण गर्न पालिकाको विभिन्न क्षेत्रमा डेंगु रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको सुरु गरेका राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । छिमेकी जिल्लामा डेंगु संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मी सहित सरोकारवालाको अगुवाइमा अभियान सुरु गरेको हो । विशेषगरी छिमेकी जिल्ला र स्थानीय पालिका क्षेत्रका बजार क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि राजपुर गाउँपालिकाले सुरु गरेको अभियानमा विभिन्न संघसंस्था तथा निजी विद्यालय, प्रहरी तथा युवाहरूले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । गाउँपालिकामा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने सचेतना र आवश्यकता अनुसार स्प्रे छर्ने अभियान सुरु गर्न लागेको राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए थप पढ्नुहोस् ...



