रणस्मृति

शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

काठमाडौँ ।  रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ । सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिए । रु आठ हजार राशिसहितको उक्त पुरस्कार आउँदो भदौ ३ गते कृष्णाष्टमीका दिन आयोजना हुने समारोहमा समर्पण गरिने सो संस्थाले जनाएको छ । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत साहित्यकार विकल्पलाई पुरस्कृत गर्न लागिएको हो । पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’लगायत करिब एक दर्जन कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आउनुभएको छ । यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार