भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै
टक्सार (भोजपुर)। तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थिए। जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा पनि चिनिन्छ । भौतिक पूर्वाधारका अभावमा पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । उचित भौतिक संरचनाको निर्माण कार्य भने नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका थप पढ्नुहोस् ...


