रक्सोल

रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

काठमाडौँ । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात-निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दवाव दिएको छ ।   भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि आईसीपीबाट मात्रै हुने जनाएको छ। कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १८ तारिख अर्थात असोज २० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हुँदै आएको सामान (आईसीपी)बाट मात्र जाँचपास हुनेछ। प्रिन्सिपल कमिशनरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै आयात, निर्यातकर्ता, भन्सार एजेन्टहरुलाई बुधबारदेखि नै आईसीपीबाट मात्रै जाँचपास हुने जनाएको छ। यो समाचार कारोबार दैनिकमा छ । उज्यालो नेटवर्कका अन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ आश्विन २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार