पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढ्छु : भट्टराई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताएका छन । रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन सरकारमा कमव्याक हुने बताएका हुन । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उहाले दावी गरे । उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिलाए । सहमतिमार्फत नेतृत्व चयन हुने भन्दै उनले सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने धारणा राखे । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले ५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राखे थप पढ्नुहोस् ...

