आलोचनापछि योगेश भन्छन्, ‘घुँडामुनि हानेको त टाउकोमै लागेछ कि के हो ?’
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबारे बुधबारबारे टिप्पणीमा भइरहेको आलोचनाप्रति कटाक्ष गरेका छन्। एमालेको १० औँ महाधिवेशन प्रचारबारे बुधबार पत्रकार सम्मेलनमा बताउने क्रममा योगेशले नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भनेका थिए। त्यसैलाई लिएर नेपालका कार्यकर्ता र उनका विरोधीलेसमेत आलोचना गरिरहेका बेला उनले जवाफ फर्काएका हुन्। योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन्। 'घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!', उनले बिहीबार बिहान भनेका छन्। योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए। एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर थप पढ्नुहोस् ...





