‘युनाइटेडलाई नयाँ खेलाडीको खाँचो छ’
काठमाडौँ । म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए । ‘हामीलाई नयाँ खेलाडी टिममा खाँचो छ । त्यसमा पनि स्तरिय खेलाडी । म खेलाडीलाई युनाइटेडमा ल्याउन प्रयास गर्नेछु,’ टेन ह्यागले भने । उनले जब टिममा सबै कुराले साथ दिन्छ तब मात्र खेलहरु जित्न सकिने बताए । युनाइटेडले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा आउने उनको भनाइ छ ।‘सबै कुराले साथ दिए टिमले उत्कृष्ट प्रदर्शन गर्नेछ । युनाइटेड छिटै लयमा आउनेछ,’ उनले भने । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...





