#म्हेन्दोमाया कलाकार संघ

म्हेन्दोमाया कलाकार संघको अधिवेशन सम्पन्न, राम गोम्जाको अध्यक्षतामा १३ पदाधिकारी चयन

काठमाडौँ । म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो केन्द्रिय अधिवेशन तथा छैटौं साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौँको गोगंबुमा सम्पन्न अधिवेशनबाट राम गोम्जाको अध्यक्षतामा १३ जनाको पदाधिकारी चयन गरेको छ । निवर्तमान अध्यक्ष राजकिङ वाइबा सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाको उपस्थिति थियो । विशेष गरी उत्तरी धादिङ,नुवाकोट र रसुवाका तामाङ समुदायमा एकदमै रुचाइएको म्हेन्दोमाया,म्हानेदोरा,साइकोले,वारवार,बोम्ताङ जस्ता थुप्रै गीतहरूको संरक्षण र संर्द्वन गर्न स्थापना भएको छाता सङ्गठन हो म्हेन्दोमाया कलाकार संघ । यस क्षेत्रमा सिमित म्हेन्दोमाया पछिल्लो समय देशका सबै ठाउँमा गुन्जायमान छ । युवायुवती र वयस्क लगायत सबै उमेरका मानिसहरु गोलो घेरा बनाएर गीतसँगै नाच्ने गर्छन् । यसकारण पछिल्लो समयमा तामाङ समुदाय लगायत अन्य समुदायको आकर्षण पनि बढ्दो छ । सामूहिक नाच मार्फत मनोरञ्जन लिने म्हेन्दोमाया थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ पुष २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार