विकल लामा म्हेन्दोमाया कलाकार संघको धादिङको अध्यक्षमा चयन
धादिङ । म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिवेशन शनिबार सदरमुकाम धादिङबेशीमा सम्पन्न भएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन तामाङको सभापतित्वमा र निलकण्ठ नगर घेदुङला अध्यक्ष अमृत तामाङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट विकल लामा तामाङ(फुन्चो) अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा माया थोकर तामाङ,प्रथम उपाध्यक्षमा मोहनसिंह वाइबा तामाङ,उपाध्यक्षमा दिलकुमार पङ्चाथेन,सचिवमा सविना तामाङ,सह-सचिवमा सुक लामा तामाङ,कोषाध्यक्षमा मिना तामाङलाई निर्विरोध चयन गरिएको छ । यस्तै अन्य सदस्यहरुमा टीका माया चोथेन,सन्जु लामा र सुनाराम तामाङ पनि निर्विरोध चयन गरिएको हो । पदाधिकारीसहित ११ सदस्यीय समितीले निवर्तमान सन्दिप स्याम्चेन तामाङलाई केन्द्रिय सदस्यमा पठाउने निर्णय गरेको छ । थप पढ्नुहोस् ...




