बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा
गण्डकी । जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुुभएको छ । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका उनले मौरीपालनबाट राम्रो आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम दिन थाल्नुभएको छ । साकुुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । तालिमका लागि ठाउँठाउँबाट माग हुुने गरेको बताउँदै उहाँले आफूले यसबीचमा धेरै ठाउँमा तालिम दिएको अनुुभव सुुनाए । जिल्ला मौरिपालक महासङ्घका अध्यक्षसमेत रहनुुभएका बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् । आफूूले मौरीपालनबाट वार्षिक रु १० लाखसम्म आम्दानी गरेको उहाँको भनाइ छ । सुरुमा दुुईवटा घारबाट मौरीपालन सुरु गर्नुभएका उनले यसबीच विभिन्न तालिम लिएको र घार पनि थप्दै गएको बताए । आफूले थप पढ्नुहोस् ...





