मेलम्चीमा अनलाइनबाटै योजना सम्झौता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । उनका अनुसार रु २० लाखभन्दा मुनिका योजनाको उपभोक्तामार्फत अनलाइनबाट सम्झौता गरिएको हो । उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आइतमान तामाङले बताए । उनका अनुसार सबै वडामा यो प्रक्रिया थालिएको छ । दश लाखभन्दा माथिका योजनामा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नुपर्ने प्रावधानसमेत राखिएको तामाङले बताए । नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरिसकेको छ । कात्तिक मसान्तभित्र सबै योजनाको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोज मसान्तसम्म ५० प्रतिशत र तिहार अगाडि थप पढ्नुहोस् ...

