मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुन् आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दर्थे । तर उनीले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहे । त्यसैले उनी आज सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहेका छन् । मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उनीले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै थप पढ्नुहोस् ...