मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पार्नुभएको छ । ललितपुरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए । “दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो”, उनले भने, “त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ ।” संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थिए । “गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।” जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको थप पढ्नुहोस् ...