महिलामाथि

मोरङमा एक महिलामाथि राति सुतेकै ठाउँमा छुरा प्रहार

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की एक महिलामाथि आइतबार राति सुतेकै ठाउँमा छुरा प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार छुरा प्रहारबाट ५० वर्षीया हरिमाया घिमिरे घाइते भएका हुन । उनका अनुसार महिलाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट छ । उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर बाहिर बरण्डमा एक्लै सुतेकी घिमिरेमाथि राति १२ बजेतिर अज्ञात व्यक्तिले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटना हुँदा महिलाका छोरा–छोरी घरभित्र सुतेको र पति घरबाहिर रहेको पाइएको छ ।  उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ चैत्र २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार