राप्रपा महाधिवेशन : अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन ।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको सहकार्यमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताए । राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताउनुभयो । उहाँले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन । राप्रपाको समाप्ति रोज्नु कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए । आफूहले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुने र अध्यक्षहरु पनि समाप्त हुने बताए । लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र थप पढ्नुहोस् ...



