इन्धनको मूल्यवृद्धिको विरोधमा लमहीमा विप्लव समुहकाे मसाल जुलुस
शिवु खनाल, देउखुरी । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा लमहीमा नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे समुहले मसाल जुलुस सहितको प्रदर्शन गरो छन् । केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीकाे मुख्य चाेकमा मसाल जुलुस सहितको विराेध प्रदर्शन गरेका हुन् । मूल्यवृद्धि विरुद्धको प्रदर्शनीको क्रममा विप्लव समुहले प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको ढाड सेक्ने काम गरेको भन्दै गठबन्धनको सरकार चालेको आफ्नाे कदम तत्कालै फिर्ता नलिए पुनः कडा रूपमा प्रस्तुत हुने गरि सडकमा उत्रिने बताएका छन् । करिब २५ जना विप्लव समुहले हातमा मसाल जुलुस बाेकेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि विराेधमा सडकमा प्रदर्शन सहित उत्रिएका थिए । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...



