मन्दिरमा

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ । सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो । आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा–आराधना गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायतका पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ । भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गा गणको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढीसमेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार