हङकङको नयाँ आकर्षण: विश्वकै विशाल चारतले लाल्टिन
काठमाडौँ । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वल्र्ड रेकर्डस्मा कीर्ति कायम गर्न सफल भएको छ । कागज शिल्पका सम्राट हा चुङ किनको यो सृजना बेलाइतले चीनलाई हङकङ हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव अवसर पारेर गत जुलाइको प्रारम्भदेखि प्रदर्शनीमा छ । मध्य अक्टोबरसम्म यसलाई प्रदर्शनमा नै राखिने छ । परम्परागत चिनियाँ कागजबाट बनेको हङकङको यो अमूर्त सांस्कृतिक सम्पदाले स्वदेशी तथा विदेशीको धेरैको ध्यान खिचेको छ । चालीस वर्षभन्दा लामो समयदेखि कागजमा सृजना गर्दै आएका ६१ वर्षीय अग्रज कलाकार हाले थप पढ्नुहोस् ...

