मिथिलामा मधुश्रावणीको रौनक
काठमाडौँ । मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘पूmललोढी’ (पूmल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता)को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन थप पढ्नुहोस् ...

