भेडापालनमा भोजपुरका किसानको आकर्षित
भोजपुर । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् । सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिनुभयो । यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उनले जानकारी दिए । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने उनको भनाइ छ । कृषक कठेतले भन्नुभयो, “दुःख धेरै छ थप पढ्नुहोस् ...

