भूकम्पले

डोटी भूकम्प : २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

डोटी । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुई जनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहोरा र ५० वर्षीया बिष्ना बोहोरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए । यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।   उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ कार्तिक २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार