भुजिखोला किनारमा दुई वर्षदेखि हराएको निद्रा
बाग्लुङ । भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो रु’’ कुलबहादुर गहभरी आँसु पार्छन् । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उनलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्छन्, ‘‘हो यही खोला हो, हाम्रो त घर उजाडियो, परिवार खोस्यो पहिरोले ।’’ भुजीखोलाले बगाएका उनका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो । उनीसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन् । एउटै परिवारका चार जना सदस्य गुमाएका कुलबहादुर बिस्तारै कालो दिन बिर्सने प्रयास त गर्छन् तर हरेक बर्षको भदौ र बेला बेलामा आउने प्रश्नले उनको घाउमा नुनचुक लगाउन भने छोडेको छैन । बेपत्ताको आशा पनि थप पढ्नुहोस् ...

