यूएईमा पनि भुकम्पको धक्का महशुस
रमेश खडका काशी,युएई । इरानमा ६ दसमलब १ रेक्टर स्केलको शक्तिशाली भुइँचालो जाँदा नजिकैको देश यूएईमा पनि धक्का महशुस भएको छ । यूएईको रस अल खैमहबाट २ सय किमी टाढा ईरानको बान्दर अब्बास भन्ने स्थानमा उक्त भुइँचालो गएको हो । पूर्बी उत्तरी क्षेत्र रस अल खैमह, अज्मान, शारजाह र दुबई लगायतका मानिसहरु भुइँचालोको कम्पनले आत्तिदै घर बाहिर आएका थिए । नखील बजार क्षेत्रमा मानिसहरु धेरै बेर घर बाहिरै बसे । यूएई समय ४ बजेर ७ मिनेटको समयमा उक्त भुइँचालो गएको यूएई स्थित रास्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मध्यपूर्बका यूएई, कतार, साउदी लगायत देशका जमिनको बनोट भुइँचालो नजाने खालको रहेको छ । तर पनि कहिलेकहिं साना तिना कम्पनहरु गइरहन्छ । बिशेषगरी ईरानमा गईरहने कम्पनले यूएईलाई पनि हल्लाउने गरेको छ थप पढ्नुहोस् ...


