भारतमा एकैदिनमा नौ महिनापछिकै सवैभन्दा कम सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस बाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या नौ महिना पछिकै सब भन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन । यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले जनाएका छन् । कूल सङ्क्रमित मध्ये एक लाख ४० हजार ६३८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ९८२ थप पढ्नुहोस् ...

