भारतको

भारतको सर्वोच्च अदालतले मोरबी पुल दुर्घटनाको सुनुवाइ गर्ने

भारत । भारतको सर्वोच्च अदालतले गुजरातको मोरबीमा भएको पुल दुर्घटनामा १४ नोभेम्बर आइतबार सुनुवाइ गर्ने भएको छ । यो पुल दुर्घटनामा महिला, बालबालिका र युवासहित १४० भन्दा बढीको ज्यान गएको छ । यस घटनामा राज्य सरकारले हालसम्म नौ जनालाई पक्राउ गरेको छ । विपक्षी दलहरुले यस विषयमा उच्चस्तरीय छानबिनको माग गरेका छन् । अधिवक्ता विशाल तिवारीले दायर गरेको जनहित याचिकाको सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत भएको छ । तिवारीले आफ्नो निवेदनमा यो दर्दनाक दुर्घटनाको अदालतको निगरानीमा न्यायिक छानबिन गर्न माग गरेका छन् । प्रधानन्यायाधीश युयु ललितको संयोजकत्वको इजलासले यस विषयमा नोभेम्बर १४ मा सुनुवाइ गर्ने जनाएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार