भानु नगरपालिका

स्थानीयद्वारा डुम्रे-बेँसीसहर सडकखण्ड पुन : अवरुद्ध

तनहुँ ।  तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।   कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो । पीडितपरिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन् । श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार