निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल
चितवन । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल रु एक अर्बको लगानीमा निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–२२ स्थित राप्ती किनारमा निर्माण गरिएको होटल वातावरणीय प्रभाव मूल्याङ्कन गरेर निर्माण गरिएको उनको जिकिर थिए । मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यान दिएर संरचना बनाउनुपर्ने वातावरण संरक्षणकर्मीले बताए । वडाध्यक्ष विष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आफूले यसखालको थप पढ्नुहोस् ...


