भन्सारको नाम देखाउँदै ठग्दै
काठमाडौँ । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु९याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो । एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान थप पढ्नुहोस् ...

