भण्डारीले

गायक जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेका छन । दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्दै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन । उनले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेक छन । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार