पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब
काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो । तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य थप पढ्नुहोस् ...

