बोकेको

आन्ध्र प्रदेशमा बस पल्टिँदा ३ बालबालिकासहित ५ को मृत्यु

काठमाडौँ । अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए । घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ । घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ । उज्यालो नेटवर्कका अन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार