बैतडीको

स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी

बैतडी । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने बताए । अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका बताइएको छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा तालाबन्दी गरेका हुन् । नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद आएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार