बाँकेमा मानव बेचबिखनका घटना बढ्दै
बाँके । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ । नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन् । मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँ कतै समस्या हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए। “गैरसरकारी संस्थाले सोंचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्”, उनले भने, “राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घ संस्थाले सहयोग गरिरहेका छन् थप पढ्नुहोस् ...

