बुद्धशान्ति गाउँपालिका

रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

  बुधबारे ।  बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम रु १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो । सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित हुनुभएको थियो । महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ । ऐनमै नभएको सुविधाबापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ श्रावण २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार