बास पुरियो, वृद्ध जोडीको बिचल्ली
बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिए, ढालानाथ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उनीलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सक्नुभएन । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो । “बैँशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा–आमाले छाडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बूढाबूढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु”, थप पढ्नुहोस् ...

