४१ प्रतिशत जनसङ्ख्यामा पुग्यो बीमा
काठमाडौं । पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ ।२०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो । आव २०७७\७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।आव २०७८/७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ । २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो ।यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २.०६ प्रतिशतको मात्रै वृद्धि भएको थप पढ्नुहोस् ...





