संरक्षण हुनै छाडे रैथाने बाली
रामपुर । बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन् । परम्परागत रुपमा लगाउँदै आएका बाली क्रमश ः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटा बताए। “व्यावसायिकरुपमा कृषि गर्न पुरानो जातका बीउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन”, उनले भने, “धान, मकै, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ ।” उनले थप पढ्नुहोस् ...






