बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने
बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभयो । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहर आजदेखि नै उठाइने उनले बताए । बिर्तामोडमा फोहर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ । सर्वदलीय बैठकमार्फत फोहर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग÷समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताए। फोहर बिर्सजनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ । बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण थप पढ्नुहोस् ...

