बालबालिका हराउँछन्, भेटिँदैनन्
दाङ । दाङमा गएको आर्थिक वर्ष २०७८/७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १७ बालिका अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । ती मध्ये १५ फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् । जिल्लामा गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउने जस्ता कारणले बालक हराउने गरेको उनको थप पढ्नुहोस् ...