पहिरो पीडितलाई दसैँमा नयाँ घर
लमजुङ । यहाँका बाढीपहिरो पीडितले आगामी दसैँमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैँ अगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ घरमा बस्न पाउने भएका हुन् । दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र अर्खलेबेँसी पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उक्त पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा छ घर निर्माणाधीन छन् । त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि थप पढ्नुहोस् ...