चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित
मनाङ । जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भएपनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् । राति आएको बाढीमा ज्यान जोगाउनेमध्येका एक हुनुहुन्छ रामचन्द्र गुरुङ । उनले भने, “दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो । चार थप पढ्नुहोस् ...


