पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो – बाइडेन
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ । विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दावी गरे । शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।” उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । “यो मूल्यवृद्धि अझै थप पढ्नुहोस् ...

