फ्रान्समा १० बर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने पक्राउ
पेरिस । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० वर्षअघि विवाह भएको थियो । सन् २०११ देखि उनले श्रीमतीलाई डिनरमा एन्टी एन्जाइटी औषधि खुवाउने गरेपछि श्रीमतीले बेहोस हुन्थिन र त्यही बेला उनी सुते पछि घरमा मानिसहरूलाई बोलाएर श्रीमतीलाई बलात्कार गराउँथे । आफनी श्रीमतीको बलात्कार गराउनका लागि उनले २६ देखि ७३ वर्षका ५१ पुरुषलाई बोलाएका थिए, जसलाई प्रहरीले बलात्कारको आरोपमा पहिचानसमेत गरिसकेको छ । प्रहरीले ती महिला माथी भएका यौन दुब्र्यबहारका ९२ भिडियो प्रमाण प्राप्त गरेको छ, जसमा थप पढ्नुहोस् ...