यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या
काठमाडौँ । यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन् । बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नजजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन् ।घाइते थप पढ्नुहोस् ...


