आयमूलक कार्यक्रमलाई जोड दिँदै बन्दीपुर गाउँपालिका
तनहुँ । बन्दीपुर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका बासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँगाउँका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो । गाउँपालिकाले महिलाहरुका लागि सिलाइकटाइ गर्न मेशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ । बन्दीपुर–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । उक्त वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत रु दुई लाख १३ हजार पाँच सयमा मेशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ । तालिमबाट सिकेका सीप तथा थप पढ्नुहोस् ...

