बन्दीपुरमा

बन्दीपुरमा सडक खाना महोत्सव सुरु

बन्दीपुर । नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि यहाँ सडक खाना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिएको बताए । कोभिड सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन प्रभावित भए पनि विस्तारै सङ्क्रमण न्यूनीकरण भएकाले अब यसले गति लिने थापाले उल्लेख गरे । उनले गाउँपालिकाको समग्र विकासका लागि २० वर्षे गुरुयोजना बनाइएको बताए । महोत्सव शुक्रबारसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले बताए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ बैशाख २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार